OPD Time: 8:00 AM - 5:00 PM
सुलभ र गुणस्तरीय आँखा उपचार सेवा आँखा हाम्रो जीवनको संसार हेर्ने अमूल्य शक्ति हो। यही दृष्टिको संरक्षण र उपचारका लागि हरेक बुधबार कागेश्वरी मनोहरा नगर अस्पताल मा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठ र उहाँको टिमद्वारा आधुनिक फाको प्रविधिबाट मोतियाबिन्दु शल्यक्रिया नियमित रूपमा गरिँदै आएको छ। यसका साथैआँखासम्बन्धी अन्य समस्याहरूका लागि एण्ट्रोपियन (Entropion) शल्यक्रिया र प्टेरिजियम (Pterygium) शल्यक्रिया सेवासमेत उपलब्ध छ। यी सम्पूर्ण उपचार सेवाहरू अत्यन्तै सुलभ मूल्यमा, उच्च गुणस्तर र विश्वसनीय प्रविधि प्रयोग गरी प्रदान गरिँदै आएका छन्।दृष्टि गुम्न नदिन, अन्धकारलाई उज्यालोमा बदल्न र जीवनलाई स्पष्ट देख्ने अवसर प्रदान गर्न नगर अस्पताल सदैव प्रतिबद्ध छ।