OPD Time: 8:00 AM - 5:00 PM
कागेश्वरी मनोहरा नगर अस्पतालको विस्तारित स्वास्थ्य सेवालाई अझ सर्वसुलभ , गुणस्तरीय तथा प्रभावकारी बनाउने उद्देश्यले आज अस्पतालका कार्यकारी निर्देशक श्री रामप्रसाद पौडेल, सेरो ल्याबका प्रतिनिधि, ल्याब प्राविधिक तथा मेडिकल सुपरिटेन्डेन्टसहितको टोलीद्वारा वडा नं. ९ (गोठाटार स्वास्थ्य चौकी) र वडा नं. ५ (डाँछी स्वास्थ्य चौकी) मा पुगेर सेवाहरूको स्थलगत अनुगमन गर्नु भएको छ।अनुगमनका क्रममा Lab सेवालाई सुदृढ बनाउन आवश्यक Reagents को नियमित उपलब्धता, दक्ष जनशक्तिको निरन्तरता तथा उच्च प्रविधियुक्त उपकरणहरूको मर्मत–सम्भार र व्यवस्थापन सम्बन्धी विषयमा छलफल गरिएको छ। हाल दैनिकी रूपमा Medical Officer र साप्ताहिक रूपमा Gynecologist मार्फत सेवा प्रवाह हुँदै आएको छ। यस सेवाले नागरिकहरूलाई आफ्नै घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति दिलाएको छ, जसप्रति सेवा ग्राहीहरूले खुशी र सन्तुष्टि व्यक्त गर्दै आएका छन्। उच्च प्रविधियुक्त ल्याब सेवा तथा चिकित्सकसहितको सेवा विस्तारपछि सम्बन्धित वडाका स्वास्थ्य केन्द्रहरूमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। आगामी दिनहरूमा विस्तारित स्वास्थ्य सेवालाई थप सुदृढ गर्दै चरणबद्ध रूपमा नयाँ सेवा थप गरिँदै जाने तथा नागरिकको स्वास्थ्य सेवामा पहुँचलाई अझ सहज बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरिएको छ।