Gandhi Hospital

शव गृह (Mortuary House)” विस्तार सेवा सञ्चालन

2026-02-02

कागेश्वरी मनोहरा नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन, २०७६ (दोस्रो संशोधन, २०७९) को दफा १२(ख) बमोजिम आज सम्पन्न अस्पताल व्यवस्थापन समितिको बैठकबाट शव गृह (Mortuary House) सञ्चालन कार्यविधि पारित गरी सेवाको विस्तार गरिएको छ। अस्पतालमा अत्याधुनिक मेसिन प्रविधिसहित एकै पटक ४ वटा शव सुरक्षित राख्न सकिने मोर्चरी सेवा सञ्चालनमा रहेको छ, जसको सम्पूर्ण व्यवस्थापन अनुभवी कर्मचारीद्वारा न्यूनतम शुल्कमा गरिनेछ। अस्पताल, घर वा विदेश जुनसुकै स्थानमा मृत्यु भएको अवस्थामा पनि आवश्यक कागजात पेस गरेपछि उक्त सेवा लिन सकिनेछ। तर, बेवारिसे तथा मेडिको–लिगल केसमा यो सेवा उपलब्ध हुने छैन। महामारीजन्य मृत्युका हकमा नेपाल सरकारको प्रोटोकलअनुसार व्यवस्थापन गरिनेछ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120