OPD Time: 8:00 AM - 5:00 PM
कागेश्वरी मनोहरा नगर अस्पताल: खेलमैदानदेखि समुदायसम्म स्वास्थ्य सेवामा समर्पित मुलपानी क्रिकेट ग्राउन्डमा आयोजित आईसीसी २० महिला विश्वकप छनोट खेलको अवसरमा कागेश्वरी मनोहरा नगर अस्पतालले खेल सुरु भएदेखि नै निरन्तर रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अस्पतालका दक्ष स्वास्थ्यकर्मीहरू मैदानमै खटिएर आवश्यक उपचार,एम्बुलेन्स सेवा तथा आपतकालीन सेवा प्रदान गरिरहेका छन्। यसै क्रममा आज अस्पतालका कार्यकारी निर्देशकज्यूले खेलमैदानमा खटिएका स्वास्थ्यकर्मीहरूले प्रदान गरेको सेवाबारे जानकारी लिनुका साथै उनीहरूको कार्यप्रति हौसला र प्रोत्साहन प्रदान गर्नुभएको छ। कागेश्वरी मनोहरा नगर अस्पताल अस्पताल परिसरमा मात्र सीमित नरही समुदायमा र आवश्यक परेको खण्डमा खेलमैदान तथा विभिन्न सार्वजनिक कार्यक्रमहरूमा समेत पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ