Gandhi Hospital

मनका धनी समाजसेवी द्वारा अस्पताललाई सहयोग

2025-12-28

सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गर्दै यस नगरपालिकाका एक स्थानिय बासिन्दा तथा समाजसेवी व्यक्तिले (नाम खुलाउन नचाहेको) कागेश्वरी मनोहरा नगर अस्पतालमा सहयोग प्रदान गर्नुभएको छ। यस अस्पतालले विगतदेखि नै सामाजिक सेवा ईकाईबाट विपन्न तथा असहाय नागरिकहरूका लागि निरन्तर रूपमा सेवा र सहयोग गर्दै आइरहेको सन्दर्भमा, उक्त सेवाभावबाट प्रेरित भई उहाँले सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको हो। सहयोगस्वरूप करिब रु. १ लाख बराबरका ४५ थान ब्ल्याङ्केट, ४५ थान पिलो कभरसहित तथा १२ थान टावेल आज आदरणिय नगर प्रमुखज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको छ। यस सहयोगप्रति अस्पताल प्रशासन उहॅा प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120