OPD Time: 8:00 AM - 5:00 PM
UNI Asia Pacific टोलीको अवलोकन भर्मण आज UNI Asia Pacific का महासचिव श्री राजेन्द्र आचार्य, अध्यक्ष श्री शंकर लामिछाने तथा कार्यक्रम संयोजक श्री कल्याण खड्का ज्यूको टोलीले यस अस्पतालको अवलोकन भ्रमण गर्नुभयो। अवलोकनका क्रममा यहाँ प्रदान भइरहेका स्वास्थ्य सेवा, उपलब्ध सुविधा तथा समग्र सेवा गुणस्तरले नागरिक लाभान्वित भइरहेको देखेर उहाँहरूले उच्च प्रशंसा व्यक्त गर्नुभयो। नागरिकले नजिकै सहज र भरपर्दो सेवा पाउनु सामाजिक न्याय तथा स्वास्थ्य पहुँचवृद्धि भएकाले, दुवै संस्थाबीच भविष्यमा सहकार्य र सहयोग मजबुत बनाउने अपेक्षा व्यक्त गरियो। अस्पतालले विविध क्षेत्रमा विस्तार गरेको सेवाबाट आफूहरूले पनि सिक्ने अवसर पाएको उल्लेख गर्नुभयो। विशेषगरी, विशेषज्ञ सेवा, स्वास्थ्य बीमा कार्यक्रम तथा प्रयोगशाला सुविधाबाट अत्यन्तै प्रभावित हुनु भयो।