OPD Time: 8:00 AM - 5:00 PM
दक्षिण–पूर्वी एशियाली PHC Oriented स्वास्थ्य प्रणाली चौथो वार्षिक क्षेत्रीय बैठक अन्तर्गत भारत, थाइल्यान्ड, श्रीलङ्का लगायत १२ मुलुकका प्रतिनिधिहरूले आज कागेश्वरी मनोहरा नगर अस्पतालको समग्र सेवा प्रवाह अवलोकन भ्रमण गर्नुभएको छ। उक्त अवसरमा अस्पतालका कार्यकारी निर्देशक श्री रामप्रसाद पौडेल ज्युले प्रतिनिधिहरूलाई खादा लगाएर स्वागत गर्नु भएको थियो र अस्पतालमा अपनाइएका असल अभ्यासका कारण आम नागरिकको स्वास्थ्य सेवामा गुणस्तरीय र पहुँचयोग्य सेवा क्रमशः स्थापित हुँदै गएको उल्लेख गर्नुभयो। साथै, यस्ता अन्तर्राष्ट्रिय अवलोकन र अनुभव आदान–प्रदानले विद्यमान कमी–कमजोरी पहिचान गरी निरन्तर सुधारतर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने कुरा स्पष्ट गर्नुभयो। प्रतिनिधिहरूले अस्पतालको व्यवस्थापन प्रणाली, उच्चस्तरीय सरसफाइ, सेवाग्राहीमैत्री वातावरण र छिटो–छरितो सेवा प्रवाह, प्रयोगशाला सेवा, preventive र curative सेवाको एकीकृत ढाँचा, साथै नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई उच्च प्रशंसा गर्नुभयो। त्यस्तै, FCHV हरूले समुदायसँग जोडिएर गरेको सक्रिय काम र जिम्मेवारीपालनले स्थानीय स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याएकोमा सबैले मुक्तकण्ठले प्रशंसा व्यक्त गर्नुभयो। नगर अस्पतालमा मुख्य रूपमा primary health care service मा केन्द्रित भए तापनि, नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक व्यवस्थापन, स्रोत–साधन र प्रतिबद्धता देखाएर गुणस्तरीय सेवा प्रवाह गरेको उदाहरण प्रतिनिधिहरूले मुक्तकण्ठले प्रशंसा गर्नुभयो। त्यसैगरी, मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनामिका सिंह ले अस्पतालको समग्र सेवा प्रणाली, PPT मोडलको प्रयोगशाला सेवा तथा comprehensive health delivery system को एकीकृत ढाँचाबारे विस्तृत जानकारी दिनुभयो। यस अस्पतालको अवलोकन गर्नु भएकोमा सवै प्रतिनिधिहरूमा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौँ।