OPD Time: 8:00 AM - 5:00 PM
लालबन्दी नगरपालिकाका आदरणीय नगरप्रमुख तथा उहाँको टोली ले कागेश्वरी मनोहरा नगर अस्पतालमा भ्रमण गर्नुभएको छ। यस अवसरमा दुवै नगरप्रमुखबीच अनुभव, ज्ञान आदान–प्रदान भएको छ। एकै उद्देश्य, साझा सोच र समान दृष्टिकोण स्वास्थ्य, शिक्षा, सशक्तिकरण तथा समृद्धिको यात्रामा बोकेर अघि बढिरहेका दुवै नगरप्रमुखहरूको भेट–भ्रमण साँच्चिकै अर्थपूर्ण, र प्रेरणादायी रह्यो। उहाँहरूले दिनुभएको प्रेरणा, उत्साह र सकारात्मक ऊर्जा दुवै नगरका सेवाको गुणस्तर र संस्थागत क्षमतामा नयाँ जीवन्तता भर्ने विश्वास लिएको छ। ७४ वर्षको उमेरमा पनि लालबन्दी नगरपालिका का नगरप्रमुखले देखाउनुभएको अदम्य जोश, जागर र उत्साह सबैका लागि प्रेरणाको स्रोत बनेको छ। यस भ्रमणले भविष्यमा सेवा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा हौसला थप्ने र दुवै नगरबीचको सम्बन्ध मजबुत बनाउने विश्वास जगाएको छ।