OPD Time: 8:00 AM - 5:00 PM
सार्वजानिक सुनुवाई कार्यक्रम कागेश्वरी मनोहरा नगर अस्पताल को १०० शैय्या स्तरोन्नति योजना अन्तर्गत आवश्यक Initial Environmental Examination (IEE) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम आज अत्यन्तै सभ्य, शालीन र सार्थक वातावरणमा सफलतापूर्वक सम्पन्न भयो।कार्यक्रममा यस योजनाले स्थानीय वातावरण, समुदाय र स्वास्थ्य सेवामा पार्न सक्ने सम्भावित प्रभावहरू, तिनका न्यूनीकरण उपायहरू तथा आगामी कार्यदिशासम्बन्धी विषयहरू विस्तृत रूपमा प्रस्तुत गरियो। सहभागी सरोकारवालाहरूले राखेका मूल्यवान् सुझाव, प्रश्न र परामर्शहरूले योजनाको प्रगतिको मार्ग अझ स्पष्ट र उत्तरदायी बनाइदिएको छ।आजको सार्वजनिक सुनुवाइ कार्यक्रमले 100 शैय्या स्तरोन्नति दिशातर्फको यात्रालाई दृढता, स्पष्टता र जनसमर्थनसहित अघि बढाउने प्रेरणा दिएको छ। प्राप्त सुझाव र विश्वासलाई आत्मसात गर्दै, अस्पताल प्रशासन आगामी दिनहरूमा अझै पारदर्शी, उत्तरदायी र सेवा–केन्द्रित भएर अघि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछ।