Gandhi Hospital

मनको कुरा गरौँ । सुनौँ, अनि बुझौँ । विश्व मानसिक स्वास्थ्य दिवस २०२६!

2026-10-09

जीवन्त अनुभवको सुनुवाई: वास्तविक आवाज, वास्तविक परिवर्तन Lived Experiences Heard: Real Voices, Real Change स्वस्थ मन, स्वस्थ जीवन! मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण छ। सकारात्मक सोच, पर्याप्त निद्रा, खुसी रहने प्रयास र आफ्ना भावना खुलेर व्यक्त गर्न पाउनु मानसिक स्वास्थ्यका लागि अत्यन्त आवश्यक छन्। मनका कुरा मनमै नराखौँ, एकअर्कासँग कुरा गरौँ, सुनौँ र बुझौँ। (सबै पीडा आँखाले देखिँदैनन् । हाँसिरहेको अनुहारभित्र पनि गहिरो चिन्ता हुन सक्छ, शान्त देखिने मानिसभित्र पनि संघर्षको आँधी चलिरहेको हुन सक्छ, “म ठीकै छु” भन्ने शब्दपछाडि पनि अफ्ठ्याराहरू लुकेका हुन सक्छन् । आज 'विश्व मानसिक स्वास्थ्य दिवस'को अवसरमा एउटा संकल्प गरौँ: सल्लाह दिन हतार गर्नुभन्दा पहिले सुनौँ । कमजोर ठान्नुभन्दा अघि बुझ्ने प्रयास गरौँ । “तिमीलाई कस्तो छ?” भनेर सोधिएको एउटा प्रश्नभित्र पनि बलियो साथ लुकेको हुन सक्छ । "म छु नि ! सबै ठीक हुन्छ ।" भनेर दिइने सान्त्वनाभित्र पनि भरोसाको तागत लुकेको हुन्छ । त्यसैले, आवश्यक पर्दा सहयोग खोजौँ । आत्महत्याको सोच वा गम्भीर मानसिक संकटमा हुनुहुन्छ भने तत्काल ११६६ मा फोन गरौँ ) (copied) #WorldMentalHealthDay #mentalhealthawareness#KageshworiManohara NagarHospital

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120