Gandhi Hospital

प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

2026-09-22

कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ५ को आयोजनामा प्रजनन स्वास्थ्य र मेनोपज सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगर उपप्रमुखज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कागेश्वरी मनोहरा नगर अस्पतालका डा. सुप्रिया पाण्डे (Gynaecologist)र डा. दीपा खड्का(Gynaecologist)ले प्रजनन स्वास्थ्य, महिनावारी स्वास्थ्य, सुरक्षित मातृत्व तथा महिलाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण जानकारी तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ५ का महिलाहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको जिज्ञासा, अन्तरक्रिया तथा सक्रिय सहभागिताले कार्यक्रमलाई निकै प्रभावकारी, ज्ञानवर्धक र उपलब्धिमूलक बनाएको थियो।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120