Gandhi Hospital

CNE:प्रसव पीडाको औषधिरहित व्यवस्थापन

2026-10-01

आज यस अस्पतालमा प्रसूति सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अत्यन्तै उपलब्धि मूलक(Topic:Non-pharmacological Pain Management in labour) Continuing Nursing Education ( CNE)कक्षा सम्पन्न भएको छ। सामान्य प्रसूतिको दर घट्दै गएको र शल्यक्रियामार्फत हुने प्रसूति (CS) को संख्या बढ्दै गइरहेको वर्तमान अवस्थामा प्रसव पीडालाई औषधिको प्रयोगबिना व्यवस्थापन गर्ने विभिन्न विधिबारे कक्षामा छलफल गरिएको थियो। प्रसव पीडामा रहेका महिलालाई उचित परामर्श, भावनात्मक साथ र पीडा व्यवस्थापनका प्रभावकारी विधिमार्फत सामान्य प्रसूतिका लागि प्रोत्साहित गर्न सकिने विषयमा विशेष जोड दिइएको थियो। स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गर्दै सुरक्षित सामान्य प्रसूति प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित आजको कक्षा निकै फलदायी र ज्ञानवर्धक रह्यो।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120