Gandhi Hospital

सपनाको अर्को खुड्किलो:रक्तसञ्चार सेवा (Blood Bank) स्थापनाका लागि महत्वपूर्ण पहल

2026-10-03

सपनाको अर्को खुड्किलो:रक्तसञ्चार सेवा (Blood Bank) स्थापनाका लागि महत्वपूर्ण पहल १०० शय्याको अस्पतालका रूपमा स्तरोन्नति हुने यात्रासँगै कागेश्वरी मनोहरा नगर अस्पतालमा रक्तसञ्चार सेवा (Blood Bank) स्थापना गर्ने उद्देश्यले महत्वपूर्ण पहल अघि बढाइएको छ। यसै सन्दर्भमा आज नगर प्रमुखज्यूको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी, नगर अस्पताल तथा नगरपालिकाका प्रतिनिधिबीच रक्तसञ्चार सेवा स्थापनासम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा सेवा स्थापना तथा सञ्चालन गर्ने विषयसहित आवश्यक प्राविधिक पक्ष, आधुनिक उपकरण तथा प्रविधिको व्यवस्थापन, अस्पतालको व्यवस्थापकीय जिम्मेवारी र रक्तदान तथा रक्त संकलन कार्यलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ। साथै, रक्तसञ्चार सेवाको डिजाइन तथा लेआउट अन्तिम रूप दिइएको छ र टेन्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। जीवन बचाउने आशा, नागरिकको भरोसा र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको हाम्रो साझा प्रतिबद्धताको अर्को सुन्दर अध्याय(Blood Bank) स्थापनाका साथ कागेश्वरी मनोहरा नगर अस्पतालको सेवा विस्तार यात्रा निरन्तर अघि बढिरहेको छ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120