Gandhi Hospital

राप्ती गाउँपालिकाको टोलीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन भ्रमण सम्पन्न

2026-07-22

आज कागेश्वरी मनोहरा नगर अस्पतालमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू सहितको टोलीले अस्पतालको अवलोकन भ्रमण गर्नुभयो। भ्रमणका क्रममा आदरणीय नगर प्रमुखज्यू, उपप्रमुखज्यू, कार्यकारी निर्देशकज्यू तथा अस्पताल परिवारले टोलीलाई अस्पतालका सम्पूर्ण विभागहरूको अवलोकन गराउनुका साथै अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, व्यवस्थापन प्रणाली, सेवा विस्तार तथा भावी योजनाबारे विस्तृत जानकारी गराउनुभयो। टोलीले राख्नुभएका जिज्ञासाहरूको नगर प्रमुखज्यू, उपप्रमुखज्यू तथा कार्यकारी निर्देशकज्यूले विस्तृत रूपमा सम्बोधन गर्नुभएको थियो। अवलोकन भ्रमणपछि टोलीले अस्पतालको आधुनिक प्रयोगशाला सेवा, Comprehensive ,preventive and Curative सेवा, superspeciality सेवा, २४सै घण्टा उपलब्ध आपत्कालीन सेवा, सुलभ फार्मेसी, स्वास्थ्य बीमा कार्यक्रम तथा समग्र सेवाप्रवाहको खुलेर प्रशंसा गर्नुभयो। विशेषगरी अस्पतालले नागरिकलाई गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा नागरिकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै यहाँका उत्कृष्ट अभ्यासहरू आफ्नै पालिकामा समेत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा आदरणीय नगर प्रमुखज्यूले अस्पतालले नागरिकको स्वास्थ्यलाई सर्वोच्च प्राथमिकतामा राखी निरन्तर सुधारउन्मुख सोच र प्रभावकारी व्यवस्थापनका साथ सेवा प्रवाह गरिरहेको बताउँदै यही प्रतिबद्धता र सम्पूर्ण team को कारण आजको सफलता सम्भव भएको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी आदरणीय नगर उपप्रमुखज्यूले विगतमा एउटा सानो सब–हेल्थ पोस्टबाट सुरु भएको यात्राले निरन्तर सुधार, सेवा विस्तार, व्यवस्थापन सुदृढीकरण र नागरिकको विश्वास जित्दै आज नेपालकै रोल मोडेल नगर अस्पतालका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्नुभयो। भ्रमण टोलीले अस्पतालको १०० शय्याको मास्टर प्लान, सेवा विस्तार, आधुनिक अपरेशन थिएटर (OT) निर्माणको योजना, प्रभावकारी व्यवस्थापन प्रणाली तथा अस्पताल व्यवस्थापन टोली, मेडिकल तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, मेहनत र टोलीगत कार्यको उच्च प्रशंसा गर्दै यस भ्रमणबाट धेरै सकारात्मक सिकाइ प्राप्त भएको र आफ्नै पालिकामा समेत यस्ता उत्कृष्ट अभ्यासहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवलोकन भ्रमणले कागेश्वरी मनोहरा नगरपालिका र राप्ती गाउँपालिकाबीचको आपसी सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाको छ। साथै, एकअर्काका उत्कृष्ट अभ्यास, अनुभव र सिकाइ आदान–प्रदान गर्ने अवसरसमेत प्रदान गरेको छ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120