OPD Time: 8:00 AM - 6:00 PM
काठमाडौंकी अम्बिका म्यामको सहजीकरणमा कागेश्वरी मनोहरा नगर अस्पतालमा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कार्यकारी निर्देशकज्यूले अनुसूची ३ चेकलिस्टअनुसार हाल प्राप्त ३७ प्रतिशत उपलब्धिलाई अझ सुदृढ गर्दै अस्पताललाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अस्पताल मापदण्डअनुसार सेवा प्रवाहलाई प्रभावकारी, सहज र किशोर–किशोरीमैत्री बनाउन आवश्यक तयारी अघि बढाउन निर्देशन दिनुभयो। कार्यक्रममा सेवा मापदण्ड, गोपनीयता, गुणस्तरीय सेवा, स्वास्थ्यकर्मीको भूमिका तथा आवश्यक तयारीका विषयमा छलफल गरिएको थियो। यससँगै अस्पताललाई किशोर–किशोरीमैत्री अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।