Gandhi Hospital

प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग गरौँ, AMR रोकथाममा सबै मिलेर योगदान दिऔँ।

2026-06-29

प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग गरौँ, AMR रोकथाममा सबै मिलेर योगदान दिऔँ। हिजो कागेश्वरी मनोहरा नगर अस्पतालमा स्वास्थ्य पैरवी समाजको आयोजनामा अस्पतालका स्वास्थ्यकर्मीहरूका लागि प्रतिजैविक प्रतिरोध (AMR) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा करिब २० वर्षदेखि AMR क्षेत्रमा कार्यरत डा. सन्तोष, साथै डा. विवेका, डा. अमोन (NPHL) र श्री अर्जुन अधिकारीबाट विषयवस्तुमाथि प्रभावकारी प्रस्तुतीकरण गरिएको थियो। उहाँहरूले AMR को वर्तमान अवस्था, यसले जनस्वास्थ्यमा पारिरहेको चुनौती तथा प्रतिजैविक औषधिको जिम्मेवार प्रयोगसँगै स्वास्थ्यकर्मीहरूले आफ्नो दैनिक व्यवहार र अभ्यासमा ल्याउनुपर्ने परिवर्तनबारे महत्वपूर्ण जानकारी दिनुभयो। कागेश्वरी मनोहरा नगर अस्पताल परिवार सम्पूर्ण प्रशिक्षक ज्यूहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। आगामी दिनमा AMR विरुद्धको अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीबाटै जिम्मेवार अभ्यासको सुरुवात गर्दै, समुदायलाई समेत सचेत बनाउने कार्यमा पूर्ण प्रतिबद्धताका साथ सहकार्य गर्ने अठोट व्यक्त गर्दछौं।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120