Gandhi Hospital

सेवा, सम्मान र स्नेहको संगम : मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

2026-06-21

आज कागेश्वरी मनोहरा नगर अस्पतालमा सञ्चालित “मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य शिविर” मा वडा नं. ५ अन्तर्गतका ६० वर्षमाथिका ज्येष्ठ बुबाआमाहरूको उत्साहजनक सहभागिता रहेको थियो। शिविरमार्फत आवश्यकताअनुसार सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच, प्रयोगशाला सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा, मुटुरोग तथा इको सेवा, हाडजोर्नी सेवा, फिजियोथेरापी, नाक–कान–घाँटी सेवा, दन्त सेवा, आँखा परीक्षण, मनोपरामर्श सेवा, डाइटिसियन सेवा, चस्मा वितरण, औषधि वितरण लगायत अस्पतालबाट उपलब्ध सम्पूर्ण सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो। कार्यक्रमको अनुगमन तथा निरीक्षण आदरणीय नगर प्रमुखज्यू, वडा नं. ५ का वडा अध्यक्षज्यू तथा यस अस्पतालका कार्यकारी निर्देशकज्यूबाट गरिएको थियो। ज्येष्ठ नागरिक बुबाआमाहरूको उल्लेखनीय सहभागिता, खुसी र उत्साहले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाएको छ। ज्येष्ठ नागरिकको सम्मान गर्दै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120