OPD Time: 8:00 AM - 6:00 PM
आज कागेश्वरी मनोहरा नगर अस्पतालमा स्वास्थ्य मन्त्रालय तथा WHO प्रतिनिधिहरूसँग प्राथमिक स्वास्थ्य सेवामा Antimicrobial Resistance (AMR) सम्बन्धी अन्तरक्रिया तथा अवलोकन कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका क्रममा प्रतिनिधिज्यूहरूले अस्पतालका विभिन्न विभागहरूको अवलोकन गर्दै विद्यमान सेवा प्रवाह, उपचार प्रणाली, संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) का अभ्यासहरू, औषधि व्यवस्थापन तथा समुदायमा प्रदान भइरहेका स्वास्थ्य सेवाबारे विस्तृत छलफल गर्नुभएको थियो। साथै, AMR नियन्त्रण तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रदान गर्नुभएको थियो। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशकज्यूले विद्यमान प्रणाली तथा निर्देशिकाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो भने Medical Superintendent Dr. Anamika ले अस्पतालको समग्र अवस्था, सेवा प्रवाह तथा उपचार प्रणालीबारे जानकारी प्रस्तुत गर्नुभएको थियो। आदरणीय नगरप्रमुखज्यूले प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, AMR नियन्त्रण, IPC अभ्यास तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिको आवश्यकता औंल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। अवलोकनका क्रममा अतिथिज्यूहरूले कागेश्वरी मनोहरा नगर अस्पतालमा Curative, Preventive, Promotive तथा Rehabilitative सेवाहरूलाई एकीकृत रूपमा समुदायसम्म पुर्याएको कार्यको प्रशंसा गर्नुभयो। अस्पतालको सकारात्मक वातावरण, व्यवस्थित सेवा प्रवाह, सेवाप्रतिको प्रतिबद्धता तथा समुदायमुखी अभ्यासलाई उदाहरणीय (Role Model) प्रयासका रूपमा उल्लेख गर्नुभयो। कार्यक्रममा नगरप्रमुखज्यू, पदपूर्ति समितिका सदस्य सूर्यबहादुर खड्का, डा. अनामिका, कार्यकारी निर्देशकज्यू, डा. अमृत पोखरेल (DOHS/EDCD), डा. फरेन्द्र बराल (DOHS/CSD), WHO Headquarters का शम्सुज्जोहा बल सैयद, WHO SEARO का डा. बासिम, WHO नेपालका किमत अधिकारी, सौगात प्रधान लगायत विभिन्न शाखा प्रमुख तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा अतिथिहरूलाई कार्यकारी निर्देशकज्यूले खादा लगाएर सम्मानपूर्वक स्वागत गर्नुभएको थियो।त्यसैगरी आदरणीय नगरप्रमुखज्यूले अतिथिहरूलाई “Token of Love” प्रदान गर्दै स्वागत तथा सम्मान व्यक्त गर्नुभयो। कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र सिकाइहरूलाई आत्मसात् गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यो कार्यक्रमले AMR नियन्त्रण तथा समुदायमुखी स्वास्थ्य प्रणाली निर्माणतर्फ महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको विश्वास लिइएको छ।