Gandhi Hospital

स्वस्थ महिला, समृद्ध परिवार र स्वस्थ समाजको आधार।

2026-06-05

कागेश्वरी मनोहरा नगर अस्पताल तथा स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सञ्चालित उपप्रमुखसँग प्रजनन स्वास्थ्य शिविर हिजो र आज गरी सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा ८७४ जना आमा–दिदीबहिनीहरूले HPV DNA परीक्षण, स्तन परीक्षण, सुगर तथा रक्तचाप परीक्षण लगायतका सेवा प्राप्त गर्नुभएको छ। स्त्रीरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीद्वारा सेवा प्रदान गरिएको थियो। विशेषगरी वडा नं. ७ का आमा–दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा सहभागी महिलाहरूले समयमै स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ। यस्ता screening कार्यक्रमले महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । वडा नं. ९ का दिदीबहिनीहरूका लागि आउँदो बुधबार, २७ गते, कागेश्वरी मनोहरा नगर अस्पतालमा शिविर सञ्चालन हुने जानकारी गराइन्छ।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120