Gandhi Hospital

आँखाको उपचारबाट जीवनमा नयाँ उज्यालो

2026-05-08

कागेश्वरी मनोहरा नगर अस्पताल अन्तर्गत सञ्चालित “सामाजिक सेवा इकाई " ले समुदायमा सकारात्मक प्रभाव पारिरहेका छन्। एउटा सानो सहयोगले कसरी कसैको जीवनमा उज्यालो ल्याउन सक्छ भन्ने प्रेरणादायी उदाहरण हाम्रो सामु आएको छ। एक बालिका, जसले अहिलेसम्म शिक्षकले पढाएको कुरा सुन्न मात्र सक्थिन्, तर टाढाबाट स्पष्ट देख्न नसक्ने समस्याका कारण साथीको सहयोगमा सँगै बसेर, आफ्नै साथीमार्फत कपी सार्दै आफ्नो पढाइलाई निरन्तरता दिँदै आएकी थिइन्। आफ्नो आँखाको समस्या कसैलाई भन्न नसकेको र उपचार कहाँ गर्ने भन्ने जानकारीसमेत नभएको अवस्थामा, सामाजिक सेवाको सहयोगमार्फत उनी कागेश्वरी मनोहरा नगर अस्पतालसम्म आइपुगेकी हुन्। अस्पतालमा निःशुल्क उपचार प्राप्त गरेपछि आज उनले टाढासम्म स्पष्ट रूपमा देख्न सक्ने भएकी छिन्। उनको अनुहारमा देखिएको खुसी र आत्मविश्वास हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो। यसै सामाजिक सेवामूलक कार्यअन्तर्गत हालसम्म ३१ जना बालबालिकाको आँखासम्बन्धी सम्पूर्ण उपचार सम्पन्न गरी आवश्यक चश्मा समेत वितरण गरिएको छ। साथै, जटिल अवस्था भएका २ जना बालबालिकालाई थप उपचारका लागि उच्च केन्द्रमा रेफर गरी पठाइएको छ। यसरी साना नानीहरूको उज्यालो भविष्य निर्माणमा सानो योगदान गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं।

Emergency Call

01-4153593

Map & Direction

Mulpani 6, Kathmandu

Heli Rescue

Heli:01-5923120