OPD Time: 8:00 AM - 5:00 PM
आज कागेश्वरी मनोहरा नगर अस्पतालमा Harrisonville city का नगर प्रमुखज्यू को स्वागत कार्यक्रम गरिएको थियो। यस कार्यक्रममा अस्पताल व्यवस्थापन समिति का पदाधिकारीहरू ज्यूहरु सहित सम्पूर्ण कर्मचारीहरू उपस्थित थिए। आदरणीय नगर प्रमुख तथा उप–प्रमुखज्यूद्वारा माल्यार्पण गर्दै अतिथिलाई न्यानो र हार्दिक स्वागत गर्नुभएको थियो। स्वागत कार्यक्रमका क्रममा अस्पतालका कार्यकारी निर्देशकज्यूले मायाको प्रतीकस्वरूप “Token of Love”हस्तान्तरण गर्नुभयो। साथै डा. अनामिका मे.सु ज्यूले अस्पतालले एकै स्थानबाट प्रदान गर्दै आएको सम्पूर्ण सेवाहरू- प्रवर्द्धनात्मक, निवारक तथा उपचारात्मक सेवा बारे जानकारी गराउनुभयो। अतिथि महोदयले अस्पतालका सम्पूर्ण विभागको भ्रमण गर्दै यहाँका समर्पित कर्मचारीहरूको सेवाप्रति खुलेर प्रशंसा गर्नुभयो। अस्पतालको गुणस्तरीय र समन्वित सेवा देखेर उहाँ अत्यन्त प्रभावित हुनुहॅदै उहाँले हामीसँगको यो भेट तथा अवलोकन सधैं स्मरणीय रहने पनि बताउनुभयो। साथै, आफ्नै देशको स्वास्थ्य प्रणालीबारे संक्षिप्त जानकारी गर्नुभएको थियो जसले हामीलाई अनुभव आदान–प्रदान र सिकाइको अवसर मिलेको छ।।